Section 15
सूचित बीउ बिजन निकासी वा पैठारी गर्न स्वीकृति लिनु पर्ने

१५.१ कुनै किसिम वा जातको सूचित बीउ बिजन निकासी वा पैठारी गर्न चाहने व्यक्ति वा संस्थाले तोकिएको अधिकारी समक्ष तोकिए बमोजिमकोदस्तुर र विवरण सहित निकासी वा पैठारी गर्न स्वीकृतिको निमित्त निवेदन दिनु पर्नेछ ।

१५.२ उपदफा १५.१ बमोजिमको निवेदन प्राप्त भएपछि तोकिएको अधिकारीले स्वीकृति दिन सक्नेछ ।

उपदफा १५.२. बमोजिम स्वीकृति प्राप्त भएपछि सम्बन्धित व्यक्ति वा संस्थाले सूचीत बीउ बिजनको निकासी वा पैठारी गर्न सक्नेछ।